हिन्दू जीवन पद्धतिको महत्वपूर्ण पर्व महाशिवरात्रि हो। हिन्दू जीवन पद्धति अनुरुप सकाम वा निष्काम कर्ममा जात्रा, उत्सव र पर्वलाई महत्वपूर्ण मानेको छ। काल, समय, ग्रहगोचर अनुकूल दैवी योग परेको समयलाई पर्व भनिन्छ। हिन्दु जीवन पद्धतिलाई आर्यनहरुले अनुशासित ढंगले मान्दै आए। आर्य संस्कृति तान्त्रोक्र, मान्त्रोक्त र वेदोक्त विधि अनुरुप चल्दै आएको वैदिक परम्परा हो। यही परम्परा भित्र पर्व, जात्रा, उत्सवआदि मनाइने चलन छ। यसै अनुरुप महाशिवरात्रिलाई विशेष पर्वको रुपमा लिइन्छ। साथै यस दिनलाई नेपाली सेनाले सैनिक दिवसको रुपमा पनि मान्दै आएको छ।
शिव भनेको पुरुष र रात्रि भनेको शक्ति हो। शिव र शक्तिको उपासना पर्व भएकोले महाशिवरात्रि नाम राखियो। अर्को अर्थमा रात्रि शब्दले अन्धकार वा अध्यारो भन्ने जनाउँछ। रात्रि शब्दले अध्यारोलाई मात्र संकेत गर्दैन कि दुःख, पीडा, अज्ञान, अभाव तथा क्लेशलाई समेत जनाउँछ। जीवमा रोग, दुःख र अज्ञान हुन्छ भने शिवमा शान्ति र आनन्द हुन्छ। त्यसैले जीवतत्व ब्रह्मत्वमा मिल्नुलाई शिवरात्रि भनिन्छ। आपतविपतले जीवलाई त्रसित बनाएपछि मात्र दुःखदेखि आहात भएर जीव शिवको पुकार गर्दछ र जसबाट शिव प्रशन्न भई उसलाई कल्याण गर्नुहुन्छ भन्ने भनाइ छ। यो जीवन जागरणको पर्व हो। यसमा पनि मानिस जाग्दैन भने कहिले जाग्ने हो। जागरणले नै जीवन स्वतन्त्र र मुक्त हुन्छ।
शिव भनेको पुरुष र रात्रि भनेको शक्ति हो। शिव र शक्तिको उपासना पर्व भएकोले महाशिवरात्रि नाम राखियो। अर्को अर्थमा रात्रि शब्दले अन्धकार वा अध्यारो भन्ने जनाउँछ
पशुरुपी जीव दुःख र क्लेशले पीडित हुन्छ। शिवमा ज्ञान, सुख र आनन्द छ। त्यसैले जीवले शिवलाई पाएपछि मात्र सुखी हुन्छ। त्यसकारण शिवलाई पशुपतिनाथ भनिएको हो। पशुरुपी अनाथ जीवको नाथ शिवलाई पशुपतिनाथ भनिएको छ। शिव अति सूक्ष्म निरञ्जन निराकार भए पनि प्रत्यक्ष अनुभूति हुँदा पुरुष रुपमा दर्शन दिनुहुन्छ। शिवलाई पुरुष र स्त्रीदुबै स्वरुपमा दर्शन गर्न सकिने भएकोले उहाँलाई अर्धनारीश्वर भनिन्छ। शिव भनेको पुरुष र रात्रि शब्दले स्त्रीभन्ने जनाउँछ। त्यसैले शिवरात्रि अर्धनारीश्वर शिवको उपासना पर्व हो। शिव रुपलाई हेर्दा त्यागमय, वैराग्य स्वरुप, काललाई जित्नु भएका, विवेक दृष्टि, प्रशान्त, अहंकार रहित, अविनाशी, अव्यक्त तथा सर्वसामथ्र्यलाई आफैंमा समेटि राखेको प्रतीत हुन्छ।
भगवान्् शिव अजन्मा भएता पनि साधक वा भक्तको कल्याणका लागि योगमय पर्वहरुमा यदाकदा सिद्ध, सन्त तथा साधुको रुपमा प्रादुर्भाव हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। शिवको अर्को चर्चित नाम शंकर पनि हो। यसको अर्थ समस्त प्रकारको शंका निवारण गर्नु हुने परमदेव भएकोले शंकर भनिएको हो। अर्को अर्थमा“शं”भनेको सत्य संकल्प र “कर” भनेको हात हो। जसको हातमा सत्संकल्प शक्ति छ उसैले संसारको उत्पक्ति, पालन र नाश गर्नसक्छ भन्ने अर्थ राख्दछ।
हलाहल विषलाई कसैले लिएनन्। जसले विश्वलाई समाप्त पार्न आँट्यो। हलाहल विषलाई शान्त पार्ने कसैको क्षमता नभएपछि शिवरात्रिका दिन त्यत्तिवेला विश्व रक्षार्थ शिवले विषलाई पिएर कण्ठमा राख्नुभयो। विषको कारणले शिवको कण्ठ निलो भयो, जसले गर्दा उहाँको नाम निलकण्ठ रहनगयो।
शव विशुद्ध ज्ञान, त्याग, कल्याण, बुद्धत्व र आनन्दका प्रतिमूर्ति हुनुहुन्छ। गंगाको अर्थ ज्ञान हो। शिवले जटामा गंगालाई लुकाएर राख्नुको यही अर्थ हो। ज्ञान विशुद्ध बुद्धिबाट प्रकट हुने भएकोले शिवले शिरमा लुकाएको देखिन्छ। ज्ञान भन्नु नै शिव हो शिव भन्नु नै ज्ञान र विद्या हो।
शिवको दर्शन भएपछि विशुद्धज्ञान प्राप्त हुन्छ। त्यसैले शिव उपासकले आफूलाई त्याग, पवित्रता, वैराग्य, ज्ञान र चरित्रले शुद्ध बनाउनु पर्दछ। तब मात्र शिवको झलक मिल्दछ। विचारमा विद्धान्, आचारमा व्यवहारिक र चिन्तनमा सिर्जनात्मक हुनु नै ज्ञानीको पहिचान हो। ज्ञान कल्याणको आधार हो। ज्ञानरुपी आदर्शको मूल्य महान् र त्यागमय छ। शिवरात्रिले चिन्तन, मनन, साधना र ध्यानमा जान प्रोत्साहन गर्छ। सत्य युगमा देव र दानवबीच विशाल समुद्र मन्थन भयो। जसवाट लक्ष्मी, उच्चैश्रवा घोडा, ऐरावत हात्ती, अमृत, विविध रत्न रहलाहल विष निस्कियो। लक्ष्मी विष्णुले, ऐरावत एवं उच्चैश्रवा र रत्नहरु इन्द्रादी देवताले ग्रहण गरे। हलाहल विषलाई कसैले लिएनन्। जसले विश्वलाई समाप्त पार्न आँट्यो। हलाहल विषलाई शान्त पार्ने कसैको क्षमता नभएपछि शिवरात्रिका दिन त्यत्तिवेला विश्व रक्षार्थ शिवले विषलाई पिएर कण्ठमा राख्नुभयो। विषको कारणले शिवको कण्ठ निलो भयो, जसले गर्दा उहाँको नाम निलकण्ठ रहनगयो।
शिवको दर्शन भएपछि विशुद्धज्ञान प्राप्त हुन्छ। त्यसैले शिव उपासकले आफूलाई त्याग, पवित्रता, वैराग्य, ज्ञान र चरित्रले शुद्ध बनाउनु पर्दछ। तब मात्र शिवको झलक मिल्दछ। विचारमा विद्धान्, आचारमा व्यवहारिक र चिन्तनमा सिर्जनात्मक हुनु नै ज्ञानीको पहिचान हो।
हलाहल विषलाई शिवले पिएर दुःख निवारण गरिदिनुभयो। यस किसिमको कठिन कार्यगर्न सक्ने क्षमता अरु देवतामा थिएन। यसैले शिवलाई कल्याणकारी, अपरिग्रही, वैरागी, वीतरागी तथा निरंजन भनेर भनियो। शिव महाकाल, देवदैत्यहरुका देवता, गृहस्थ एवं सन्यासीका इष्टदेव, गुरुहरुका पनि गुरुदेव हुनुहुन्छ।
प्राचीन कालदेखि नै नेपाललाई तपोभूमि एवं देवभूमिको रुपमा मानिँदै आएको छ। जहाँपौराणिक युगमा पराशर, वेदव्यास, पुलस्त्य, गौतम, विश्वामित्र, वशिंष्ठ, भारद्धाज, जैमिनी, कपिलमुनि, ज्यमदग्नि, जनक, भरत, वाल्मिकी, श्रृँगीजस्ता प्रसिद्ध ऋषिहरुले तपस्या गरेका थिए। पौराणिक धर्म, संस्कृति र आर्यजीवन पद्धतिले नेपाल राष्ट्रको उच्चतालाई महान् बताएको छ। यसैले पवित्रता र पुण्यताले परिपूर्ण देश नेपालमा शिवरात्रि पर्वको गरिमा दिव्य छ। फाल्गुण कृष्ण त्रयोदशीको रात्रिकाललाई महाशिवरात्रि मानिन्छ। जुन दिन अनेक पाप र तापबाट पीडित व्यक्ति शिव तीर्थमा गई ब्रत र जप गरेमा भगवान् शिव उपासकलाई प्रत्यक्षदर्शन दिनुहुन्छ भन्ने विश्वास छ। उक्त दिन हिमालयका अनेक गुफा, कन्दरा, पवित्र देवतीर्थ, नदी किनार, सिद्धस्थलका तपस्वी र योगीहरु शिव साधना सिद्ध गर्नका लागि पशुपतिनाथमा आउने गर्दछन्। यस दिनलाई शिवका भक्त, सिद्धयोगी, वैरागी, सन्यासी तथा वितरागीले अमृत सिद्धियोग पर्वको रुपमा लिने गर्दछन्। शिवखुशी भएमा विधाताले लेखिदिएको भाग्य पनि परिवर्तन गरेर आनन्द र सुख प्रदान गरी दिनुहुन्छ भन्ने विश्वास गरिन्छ।
शिवले विष, भाङ, धतुरो खाएको कथासँग जोडेर अहिले पनि केही साधु तथा जोगीहरु गाँजा, भाङ र चुरोट खाएर रातभर मस्त रहने र अरुलाई पनि खुवाउने गर्दछन्। यस्ता कार्यले युवालाई गलत बाटोतिर प्रेरित गर्नसक्ने भएको हुँदा यसलाई सम्बन्धित निकायबाट रोक लगाउनु पर्दछ।
जन्म–जन्मको दरिद्रता, अभाव, दुःख–कष्ट, पीडा एवं अकाल मृत्युबाट बचाउने देवता सदाशिव हुन्। जुन मनुष्यले पूर्णविधि विधानका साथ शिवको आराधना र पूजन गर्दछ भने उसले शिवको दर्शन पाउनेछ। जीवनमा पूर्णता, सफलता र श्रेष्ठता प्राप्त गर्नको लागि शिवरात्रि व्रत अनिवार्य छ। शिवले विष, भाङ, धतुरो खाएको कथासँग जोडेर अहिले पनि केही साधु तथा जोगीहरु गाँजा, भाङ र चुरोट खाएर रातभर मस्त रहने र अरुलाई पनि खुवाउने गर्दछन्।
यस्ता कार्यले युवालाई गलत बाटोतिर प्रेरित गर्नसक्ने भएको हुँदा यसलाई सम्बन्धित निकायबाट रोक लगाउनु पर्दछ। शिवले पचाउने विष र भाङलाई अरुले पचाउन सक्दैनन्। देवताले जे गरे मानिसले त्यही गर्नु हुँदैन। देवताको शिको गरेर मानिसले पनि त्यही गर्न थाले भने समाजको परिपाटी नै बिग्रिन सक्छ। जोगी, सन्यासी तथा वितरागी बाबालाई खान छुट दिए पनि अन्यको लागि वर्जित हुनुपर्छ। अन्धविश्वास जन्य भ्रमको खेती कसैले पनि गर्नु हुँदैन। सत्य तथ्य कुरालाई मात्र समाजमा ल्याउनु पर्दछ। अहिले पशुपतिक्षेत्र यस कुरामा सजग र जागरुक हुँदै गएको छ। यस्ता विकृति र विसंगतिलाई विस्तारै निर्मूल गर्दै जानुपर्छ।
प्रतिक्रिया