के हो रुसले युक्रेनमा प्रहार गरेको घातक भ्याकुम बम ? « Khabarhub

के हो रुसले युक्रेनमा प्रहार गरेको घातक भ्याकुम बम ?


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन्।

रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ।

अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन्।

‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे। रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने। थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ।

परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ४७ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज