एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन : ओली « Khabarhub

एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन : ओली


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पहल नगरेको बताएका छन् ।

राष्ट्रिय महत्त्वको एमसीसीजस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको अध्यक्ष ओलीले आरोप लगाएका छन्। उनले भने, ‘हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन । त्यति बेला हामी प्रतिपक्षको हैसियतमा थियौं । हामीसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन ।’

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरी, स्वाधिनताको विपरित नहुने गरी, सार्वभौम नेपालीको स्वतन्त्रमा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानु पर्छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित भइसकेकाले सधैँ विवादमात्र गरेर नहुने उल्लेख गर्दै एमसीसी कार्यान्वयन गर्ने क्रममा नेपालको सार्वभौमसत्तामा तलमाथि हुन नहुने बताएका हुन्।

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : १८ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि