नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन (फोटो फिचर) « Khabarhub

नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन (फोटो फिचर)


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह गरेकाे छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सेना दिएको मनाएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

यसअवसरमा सेनाले विभिन्न कलाकौशल देखाउनुका साथै हातहतियार प्रदर्शन गरेको छ ।

राइफल तथा तोपबाट बढाइँ कवाज, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकोप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको व्यानरसमेत प्रदर्शनी गरिएको थियो ।

त्यस्तै, समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध

गतिविधि झल्किने झाँकीसमेत प्रदर्शन गरिएको थियो । आकर्षक सैनिक कला फ्रि–फल जम्प गरिएको थियो ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै वीर शहीदहरूप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

समारोहमा राष्ट्रपति भण्डारीले सिपाही वार्षिक–२०७८ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरूलाई पुरस्कारसमेत वितरण गरेकी थिइन् ।

समारोहमा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायतको उपस्थिति रहेको थियो ।

 

https://www.facebook.com/watch/?extid=NS-UNK-UNK-UNK-IOS_GK0T-GK1C&v=2323071534501211

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ५३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ