नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा चौधरी निर्वाचित « Khabarhub

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा चौधरी निर्वाचित


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् ।

प्रदेश अध्यक्षका लागि भएको मतदानमा राष्ट्रियसभा सदस्यसमेत रहेका उत्सवले अर्का उम्मेदवार प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

चौधरीले एक सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै, धामीले ९४ मत मात्रै पाएका छन् ।

प्रदेश उपाध्यक्षमा मानसिंह माल, रणबहादुर कुँवर र अक्कलबहादुर रावल विजयी भएका छन् । प्रदेश उपाध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका थिए ।

प्रदेश सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनकबहादुर बुढा विजयी भएका छन् भने सह–सचिवमा रामबाहुर देवकर, नन्दबहादुर साउद र अजिता श्रेष्ठ विजयी भएका छन् । सह–सचिवमा पाँच जनाले उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रको प्रदेश कोषाध्यक्षमा बिनिता विकलाई पराजित गर्दै कमलकुमार शाह विजयी भएका छन् ।

गत पुसमा भएको प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूको चयन गरेको थियो । प्रदेश सदस्यहरू मध्येबाट नै पदाधिकारी चयन गरिने भए पनि सहमति हुन नसक्दा निर्वाचन भएको हो । प्रदेश समितिमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ३५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि