नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा चौधरी निर्वाचित « Khabarhub

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा चौधरी निर्वाचित


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् ।

प्रदेश अध्यक्षका लागि भएको मतदानमा राष्ट्रियसभा सदस्यसमेत रहेका उत्सवले अर्का उम्मेदवार प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

चौधरीले एक सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै, धामीले ९४ मत मात्रै पाएका छन् ।

प्रदेश उपाध्यक्षमा मानसिंह माल, रणबहादुर कुँवर र अक्कलबहादुर रावल विजयी भएका छन् । प्रदेश उपाध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका थिए ।

प्रदेश सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनकबहादुर बुढा विजयी भएका छन् भने सह–सचिवमा रामबाहुर देवकर, नन्दबहादुर साउद र अजिता श्रेष्ठ विजयी भएका छन् । सह–सचिवमा पाँच जनाले उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रको प्रदेश कोषाध्यक्षमा बिनिता विकलाई पराजित गर्दै कमलकुमार शाह विजयी भएका छन् ।

गत पुसमा भएको प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूको चयन गरेको थियो । प्रदेश सदस्यहरू मध्येबाट नै पदाधिकारी चयन गरिने भए पनि सहमति हुन नसक्दा निर्वाचन भएको हो । प्रदेश समितिमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ३५ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ