तीन कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले गरे क्षमा पूजा | Khabarhub Khabarhub

तीन कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले गरे क्षमा पूजा


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- निर्माणका क्रममा भत्किएर तीन जना कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले क्षमा पूजा गरेका छन् । भरतपुरको ठिमुरा र देवघाटको घिनाटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुलमा महाशिवरात्रीको अवसर पारेर स्थानीयले मंगलबार क्षमा पूजा गरेका हुन् ।

१२ बैशाख २०७८ मा पुल भत्किँदा पुल निर्माणमा काम गरिरहेका तीन कामदारको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए । फलामको ट्रसमा नटबल्ट कस्ने क्रममा पुल भत्किएपछि कामदार नदीमा खसेका थिए । त्यसअघि २४ चैत २०७७ मा पनि पुलको ८० मिटर ढलानको स्ल्याब भत्किएको थियो ।

पुल निर्माणका क्रममा दुई पटकसम्म भत्किएको र कामदारको मृत्यु समेत भएकाले पुल निर्माणस्थलमा क्षमा पुजा गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताए । ‘राम्रो होस्, छिटो काम होस् भनेर महाशिवरात्रीको अवसर पारेर पुल निर्माणस्थल त्रिशुली नदीको किनारमा क्षमा पुजा, गंगा पुजा, रुद्री र हवन गरेका हौँ’, उनले भने ।

पुल निर्माणको काम तीव्र बनाएर छिटो सक्न पनि पुल निर्माण उपभोक्ता समितिले माग गर्दै आएको छ । पहिलो पटक पुल भत्किँदा पुलेको ढलानको स्ल्याब भुईमा खसेको थियो भने दोस्रो पटक भत्किँदा पुलको एक खण्डमा राखिएको फलामको ट्रस नदीमा खसेको थियो ।

ठेकेदारको लापरबाहीले नै पुल भत्किएको छानविन समितिले प्रतिवेदन दिएको थियो । त्यसअनुसार पुल भत्किँदा भएको क्षति ठेकेदारले नै व्यहोर्ने गरी पुलको पुनः निर्माणको काम थालिएको हो । चार वटा स्पान रहेको २२० मिटर लामो पुलको अहिले पुनः ढलानको काम गर्न लागिएको छ भने ट्रस पनि उठाइँदै छ ।

ठेकेदारले फटाफट काम गरे अबको छ देखि सात महिनासम्मका पुलको काम सकिने सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन् ।

‘पुल भत्किसकेपछि सरकारले नै चैतसम्मको म्याद दिएको हो । तर चैतसम्ममा सकिने त कुरै छैन’, सापकोटाले भने, ‘म्याद थप्नै पर्ने हुन्छ । ठेकेदारले सरासर काम  ग-यो  भने छ देखि सात महिनासम्ममा चाँहि सक्छ ।’

समयमै काम सक्न सडक डिभिजनले ठेकेदारलाई ताकेता गरिरहेको उनले बताए । तीन वटा निर्माण कम्पनी ईलाइट–एडभेन्चर–इन्द्रेणी जेभीले संयुक्त रुपमा २० कात्तिक २०७१ मा पुल निर्माणको जिम्मा पाएका हुन् ।

सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँ लागतमा सम्झौता भएको पुलको पछि डिजाइन ‘रिभ्यु’ गरेर २१ करोड ६८ लाख ८४ रुपैयाँ पु¥याइएको थियो । चार पटकसम्म म्याद थप भएको पुलको भौतिक प्रगति ६५ प्रतिशत हुँदा पहिलो पटक भत्किएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ४५ बजे

कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण

दोधारा चाँदनी- कञ्चनपुरका तीन पालिकाका सामुदायिक विद्यालयमा कक्षा कोठामै विद्यार्थीको

पाटनमा पञ्चदान मनाइँदै (तस्बिरहरू)

काठमाडौं– पाटनमा प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन भव्य रूपमा

अबुधाबी र दुबईको आकाशमा बाक्लो कुहिरो, अत्यधिक गर्मी

काठमाडौं– शुक्रबार बिहान युएईका विभिन्न क्षेत्रमा बाक्लो कुहिरो लागेको बताइएको

पश्चिम नवलपरासीमा नौ खानेपानीयोजना सञ्चालनमा

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका

गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी

काठमाडौं– मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ