तीन कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले गरे क्षमा पूजा « Khabarhub

तीन कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले गरे क्षमा पूजा


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- निर्माणका क्रममा भत्किएर तीन जना कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले क्षमा पूजा गरेका छन् । भरतपुरको ठिमुरा र देवघाटको घिनाटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुलमा महाशिवरात्रीको अवसर पारेर स्थानीयले मंगलबार क्षमा पूजा गरेका हुन् ।

१२ बैशाख २०७८ मा पुल भत्किँदा पुल निर्माणमा काम गरिरहेका तीन कामदारको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए । फलामको ट्रसमा नटबल्ट कस्ने क्रममा पुल भत्किएपछि कामदार नदीमा खसेका थिए । त्यसअघि २४ चैत २०७७ मा पनि पुलको ८० मिटर ढलानको स्ल्याब भत्किएको थियो ।

पुल निर्माणका क्रममा दुई पटकसम्म भत्किएको र कामदारको मृत्यु समेत भएकाले पुल निर्माणस्थलमा क्षमा पुजा गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताए । ‘राम्रो होस्, छिटो काम होस् भनेर महाशिवरात्रीको अवसर पारेर पुल निर्माणस्थल त्रिशुली नदीको किनारमा क्षमा पुजा, गंगा पुजा, रुद्री र हवन गरेका हौँ’, उनले भने ।

पुल निर्माणको काम तीव्र बनाएर छिटो सक्न पनि पुल निर्माण उपभोक्ता समितिले माग गर्दै आएको छ । पहिलो पटक पुल भत्किँदा पुलेको ढलानको स्ल्याब भुईमा खसेको थियो भने दोस्रो पटक भत्किँदा पुलको एक खण्डमा राखिएको फलामको ट्रस नदीमा खसेको थियो ।

ठेकेदारको लापरबाहीले नै पुल भत्किएको छानविन समितिले प्रतिवेदन दिएको थियो । त्यसअनुसार पुल भत्किँदा भएको क्षति ठेकेदारले नै व्यहोर्ने गरी पुलको पुनः निर्माणको काम थालिएको हो । चार वटा स्पान रहेको २२० मिटर लामो पुलको अहिले पुनः ढलानको काम गर्न लागिएको छ भने ट्रस पनि उठाइँदै छ ।

ठेकेदारले फटाफट काम गरे अबको छ देखि सात महिनासम्मका पुलको काम सकिने सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन् ।

‘पुल भत्किसकेपछि सरकारले नै चैतसम्मको म्याद दिएको हो । तर चैतसम्ममा सकिने त कुरै छैन’, सापकोटाले भने, ‘म्याद थप्नै पर्ने हुन्छ । ठेकेदारले सरासर काम  ग-यो  भने छ देखि सात महिनासम्ममा चाँहि सक्छ ।’

समयमै काम सक्न सडक डिभिजनले ठेकेदारलाई ताकेता गरिरहेको उनले बताए । तीन वटा निर्माण कम्पनी ईलाइट–एडभेन्चर–इन्द्रेणी जेभीले संयुक्त रुपमा २० कात्तिक २०७१ मा पुल निर्माणको जिम्मा पाएका हुन् ।

सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँ लागतमा सम्झौता भएको पुलको पछि डिजाइन ‘रिभ्यु’ गरेर २१ करोड ६८ लाख ८४ रुपैयाँ पु¥याइएको थियो । चार पटकसम्म म्याद थप भएको पुलको भौतिक प्रगति ६५ प्रतिशत हुँदा पहिलो पटक भत्किएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ४५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका