एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद « Khabarhub

एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेकपा माओवादी केन्द्रमा विवाद सुरु भएको छ ।

आइतबार प्रतिनिधिसभाले एमसीसी सम्झौता अनुमोदन गरेसँगै माओवादी केन्द्रमा विवाद देखिएको हो ।

व्याख्यात्मक घोषणामार्फत् एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

पूर्वएकता केन्द्र समूहका नेताहरू एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए ।

भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए ।

श्रेष्ठले भने सोमबारको प्रचण्डको अभिव्यक्तिले झस्काएको बताएको स्रोतको भनाइ छ ।

सोमबार प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्ने बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरी रहनुभएको छ । नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन ।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराएका थिए ।
‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात ग¥यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ’ उनले भनेका थिए ।

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरूले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । नेता नारायणकाजी श्रेष्ठले पूर्व एकता केन्द्रका नेताहरूसँग परामर्श गरेको स्रोतको दाबी छ ।

‘अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ’ श्रेष्ठ निकट एक नेताले भने ।

तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरूले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीर रूपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई सामान्य रुपमा लिनुपर्ने बताए ।
यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : १३ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका