एमसीसी अनुमोदनको विरोधमा ८ संगठनबाट आन्दोलन घोषणा « Khabarhub

एमसीसी अनुमोदनको विरोधमा ८ संगठनबाट आन्दोलन घोषणा


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
वाम पार्टीहरूले फागुन २० गते काठमाडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् ।

मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै वामपार्टीहरूले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेको जनाएका छन् ।

उनीहरूले यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको र घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा एमालेले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा बेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्‍याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि गरेका छन् ।

आठ संगठनले घोषणा गरेको कार्यक्रमअनुसार फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा, २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया, फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक/दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा, चैत ६ गते राष्ट्रिय मुक्ति जातीय र क्षेत्रीय मोर्चाहरूको देशव्यापी विरोधको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ०७ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको