तीन कामदारको ज्यान लिएको पुलमा क्षमापूजा « Khabarhub

तीन कामदारको ज्यान लिएको पुलमा क्षमापूजा


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणका क्रममा भत्किएर तीन कामदारको ज्यान लिएको भरतपुरस्ठित ठिमुरा पुलमा स्थानीयले क्षमापूजा गरेका छन् ।

भरतपुरको ठिमुरा र देवघाटको घिनाटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुलमा महाशिवरात्रीको अवसर पारेर स्थानीयले मंगलबार क्षमापूजा गरेका हुन् ।

१२ बैशाख २०७८ मा पुल भत्किँदा पुल निर्माणमा काम गरिरहेका तीन कामदारको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए । फलामको ट्रसमा नटबल्ट कस्ने क्रममा पुल भत्किएपछि कामदार नदीमा खसेका थिए । त्यसअघि २४ चैत २०७७ मा पनि पुलको ८० मिटर ढलानको स्ल्याब भत्किएको थियो ।

पुल निर्माणका क्रममा दुई पटकसम्म भत्किएको र कामदारको मृत्यु समेत भएकाले पुल निर्माणस्थलमा क्षमा पुजा गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताए । ‘राम्रो होस्, छिटो काम होस् भनेर महाशिवरात्रीको अवसर पारेर पुल निर्माणस्थल त्रिशुली नदीको किनारमा क्षमा पुजा, गंगा पुजा, रुद्री र हवन गरेका हौँ’, उनले भने ।

पुल निर्माणको काम तीव्र बनाएर छिटो सक्न पनि पुल निर्माण उपभोक्ता समितिले माग गर्दै आएको छ । पहिलो पटक पुल भत्किँदा पुलेको ढलानको स्ल्याब भुईमा खसेको थियो भने दोस्रो पटक भत्किँदा पुलको एक खण्डमा राखिएको फलामको ट्रस नदीमा खसेको थियो ।

ठेकेदारको लापरबाहीले नै पुल भत्किएको छानविन समितिले प्रतिवेदन दिएको थियो । त्यसअनुसार पुल भत्किँदा भएको क्षति ठेकेदारले नै व्यहोर्ने गरी पुलको पुनः निर्माणको काम थालिएको हो । चार वटा स्पान रहेको २२० मिटर लामो पुलको अहिले पुनः ढलानको काम गर्न लागिएको छ भने ट्रस पनि उठाइँदै छ ।

ठेकेदारले फटाफट काम गरे अबको छ देखि सात महिनासम्मका पुलको काम सकिने सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन् ।

‘पुल भत्किसकेपछि सरकारले नै चैतसम्मको म्याद दिएको हो । तर चैतसम्ममा सकिने त कुरै छैन’, सापकोटाले भने, ‘म्याद थप्नै पर्ने हुन्छ । ठेकेदारले सरासर काम ग¥यो भने छ देखि सात महिनासम्ममा चाँहि सक्छ ।’

समयमै काम सक्न सडक डिभिजनले ठेकेदारलाई ताकेता गरिरहेको उनले बताए । तीन वटा निर्माण कम्पनी ईलाइट–एडभेन्चर–इन्द्रेणी जेभीले संयुक्त रुपमा २० कात्तिक २०७१ मा पुल निर्माणको जिम्मा पाएका हुन् ।

सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँ लागतमा सम्झौता भएको पुलको पछि डिजाइन ‘रिभ्यु’ गरेर २१ करोड ६८ लाख ८४ रुपैयाँ पु¥याइएको थियो । चार पटकसम्म म्याद थप भएको पुलको भौतिक प्रगति ६५ प्रतिशत हुँदा पहिलो पटक भत्किएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ५७ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान