आईपीएल : लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार « Khabarhub

आईपीएल : लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए। यस्तै इभिन लेविसले ५५ तथा कप्तान केएल राहुलले ४० रनको योगदान गरे। चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो।

चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए। यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए।

हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन। पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो।

जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : १३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि