रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै « Khabarhub

रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन्।

युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

आजदेखि रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने निर्णयमा हस्ताक्षर गरेसँगै आजैदेखि कार्यान्वयनमा आएको हो।

योसँगै युरोपमा ऊर्जा संकटको जोखिम बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ।

युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो। यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो।

एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ। रुसको पहिल्लो निर्णयले यूरोपमा ऊर्जाको अभाव हुने देखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : २३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको