'गुट होइन, क्षमताको आधारमा टिकट वितरण गर्नुपर्छ' | Khabarhub Khabarhub

‘गुट होइन, क्षमताको आधारमा टिकट वितरण गर्नुपर्छ’

'राजनीतिक दलले पहिचान गुमाए'



नेपाली कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको एजेण्डामा उठाउँदै आएको नेता डा. चन्द्र भण्डारी सभापति शेरबहादुर देउवाको आलोचकमध्ये एक हुन्। कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा पराजित भएका भण्डारी चुनावमा सत्तारुढ गठबन्धनको विपक्षमा छन्। पार्टीभित्र पुरानो पुस्ताको व्यवस्थापन र नयाँ पुस्ताको जिम्मेवारीको वकालत गर्दै आएका भण्डारी कोइरालाको प्यानल निमार्णका योजनाकार पनि हुन्। नेता भण्डारीसँग आगामी स्थानीय निर्वाचनको तयारी, कांग्रेसको अवस्था, चुनावी तालमेल र गठबन्धनलगायत विषयमा खबरहब सहकर्मी लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंश :

आवश्यकताको आधारमा गठबन्धन गर्ने पार्टीको निर्णयलाई कसरी लिनुभएको छ ?

पहिलो कुरा स्थानीय तहको महत्व के हो ? यसको आवश्यकता किन पर्‍यो ? स्थानीय तहको सम्बन्ध कताकता छ ? भन्ने कुरा हामीले पत्ता लगाउनुपर्छ। यसको बारेमा नबुझी गठबन्धन र यसका उद्देश्यबारे प्रस्ट पार्न सकिँदैन। मैले संविधान निर्माणको क्रममा हाम्रो समाज र हाम्रो संस्कृति अन्य देशको सभ्यता भन्दा फरक छ,स्थानीय तहलाई पार्टीगत रुपमा नलैजाऊ भनेको थिएँ। तर, यो कार्यन्वयन भएन। अध्ययन अनुसन्धान नगरिकन तल्लो तहमा पार्टीगत रुपमा द्वन्द्व फैलाउने बाटो रोज्यौ। स्थानीय निकायले समाजमा विकासदेखि लिएर समाज र संस्कृतिको प्रतिनिधित्व गर्दछ। हाम्रोमा स्थानीय रुपमा विशेष उत्पादन छ। हाम्रो विशेष किसिमको खानपान, रहनसहन छन्। हिमाल, पहाड, तराई भएर बसेका छौं।

कांग्रेस घोषणापत्रमा निःशुल्क शिक्षा, स्वास्थ्य रखानेपानीको व्यवस्था र एकीकृत वस्ती निर्माणको विषयलाई जोड दिएका छौँ।

लोकलाइजेसन अर्थात् मौलिकीकरणलाई ग्लोबलाइजेसनमा रूपान्तरण गराउनुपर्छ। यसकारण स्थानीय तहको नेतृत्व विशेष र महत्वपूर्ण हुन्छ। यसलाई नेतृत्व गर्ने सक्रिय दृष्टिकोण युक्त हुनु आवश्यक छ। यी सबैबाट हामी टाढा पर्‍यौ। स्थानीय तहमा हामीले गठबन्धन नगरी सबै पार्टीले जो सुकै आए पनि स्वतन्त्र गरिदिनुपर्थ्यो। नेपालमा गठबन्धन कतिको लागि बाध्यता र कतिको निम्ति सत्ता भएको छ। नेपालका मुख्य पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसारको गठबन्धन गर्ने भनेका छन्। समाज पुनः स्थापित बनाउनको लागि हाम्रो समाज समन्वयात्मक र संवाहक परिणाम ल्याउन अपरिहार्य छ।

भाषा फरक भएपनि सत्तारुढ दलबीच चुनावी गठबन्धन हुँदैछ। तपाईं के भन्नुहुन्छ ?

जो सत्तामा हुनुहुन्छ उहाँहरूले यसलाई भोलिको सत्ता प्राप्ति गर्ने कुरामा हेर्नु भएको छ। संसद्को चुनावको रुपमा हेर्नुभयो। कतिले समाज निर्माणको हिसाबमा हेर्नु भएको छ। कतिको यो बाध्यता भयो। हाम्रोमा कांग्रेससँग गठबन्धन भएन भने एमालेसँग हुन्छ। एमालेसँग भएन भने कांग्रेससँग सम्बन्ध हुन्छ भन्ने दृष्टिकोण छ। कसैले पनि म एक्लै भएर जित्छु भनेको छैन। हामीले चाहेर पनि स्थानीय तहलाई अगाडि बढाउन सकेनौं। पार्टीले निर्णय गरिसकेपछि यसलाई असर कम हुने किसिमले सद्‌भाव र प्रेम बढ्ने किसिममा हामी जानुपर्छ।

पार्टी सभापति शेरबहादुर देउवाको अहिलेसम्मको कार्यशैलीलाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ?

उहाँ पार्टी सभापति हुनुभएको भर्खरै तीन महिना भयो। उहाँले जस्तो सुकै असमान व्यवहार र असमान कार्यशैली देखाए पनि तीन महिनामा कुनै पनि आलोचना गर्न मिल्दैन। एउटा प्रजातान्त्रिक संस्कार र संस्कृति भएको नेता तथा कार्यकर्ताले यो शैली अपनाउनु पनि हुँदैन।

कांग्रेसमा किन गुटगत अभ्यास भइरहेको छ त ?

शेरबहादुर देउवा पूर्णरुपमा आफैं गुटगत कार्य गर्दै आइरहनु भएको छ। उहाँ नेपालका सबै नेतामध्ये सफल हुनुहुन्छ। सत्ताको निम्ति पार्टीमा अवसर लिने निम्ति सबै भन्दा सफल नेता उहाँ नै हो। पार्टीको निम्ति सभापति बन्ने १४ औं महाधिवेशन उहाँका अन्तिम पनि हो। उहाँले समग्र पार्टीको नेतृत्व गर्नुपर्थ्यो। समग्र पार्टीको नेतृत्व गरेपछि समग्र देशको नेतृत्व हुन्थ्यो । देशको राम्रो नेतृत्व गरेको भए हाम्रो नेपालको राष्ट्रिय झन्डा विश्वसामु मजबुद भएर फैलिन्थ्यो। त्यो कुरामा उहाँ चुकिरहनु भएको छ। हामीले उहाँलाई माया गरिरहेका छौं। उहाँले हामीलाई मत दिने र नदिनेको बीचमा विभेद गर्नुभएको छ। यो नेपालको प्रजातान्त्रिक विचार बोकेको नेपाली कांग्रेसको लागि दुखद पक्ष हो।

स्थानीय चुनावमा कांग्रेसको तयारी कस्तो छ ?

कांग्रेसका जिल्ला कमिटीदेखि लिएर क्षेत्रीय कमिटी, गाउँपालिका वडासम्म आफ्नै तरिकाले लागेका छन्। हामीले स्पस्ट अर्थ नलाग्ने र कार्यान्वयनमा गर्न नसकिने पुरानो तरिका अपनाएका छौ। तर, स्थानीय तहमा लामा दस्तावेज तयार गर्नु हुँदैन्। स्थानीय तहमा हामीले जनताका लागि शिक्षा र स्वास्थ्य निःशुल्क दिन्छौं। खानेपानीको व्यवस्था गर्छौ। एकीकृत वस्ती निर्माण गर्ने निर्माण गरेका छौं। त्यहाँबाट उत्पादित वस्तु हाम्रो रहनसहन अनुसारका अन्तराष्ट्रियकरण गर्छौ। जसको कारणले गाउँमा आम्दानी उच्च हुने आधारमा विषेश त्यो स्थानका महत्वपूर्ण चीजहरु तथा आवश्यताका आधारमा बाहिर लिएर आउँछौं। संसारसामू प्रसिद्ध बनाउने दृष्टिकोणले जानुपर्छ। तर, यी कुरामा हाम्रो दृष्टिकोण पुगेको छैन्। उम्मेदवार बन्न चाहने व्यक्ति आ–आफ्नो तरिकाले लागेका छन्। स्थानीय तहको महत्व नबुझी केवल राजनीतिक भाषण गरेका छौं।

चुनावी एजेन्डा, घोषणापत्र वा प्रतिवद्धता पत्रको तयारी कहाँ पुगेको छ ?

घोषणापत्र प्रतिवद्धता पत्रमा मेरो छलफल भएको छैन्। यस विषयमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा घोषणा लेख्ने तयारी भइरहेको छ। यसको मापदण्ड मैलै माथि उल्लेखित गरेको निःशुल्क शिक्षा र स्वास्थ्य हो। खानेपानीको व्यवस्था रएकीकृत वस्तीको विषयमा जोड दिने हो।

केजरीवालले १० बुँदामा भारत पञ्जावको चुनाव लडे, हामी त्यही आधारमा अगाडि बढ्छौं।

स्थानीय तहबाट उत्पादित वस्तु र त्यहाँको रहनसहन र जनताको आवश्यकताका विषयलाई समावेस गरेर हामीले घोषणा पत्र बनाउनुपर्छ। मान्छेलाई लामो पढ्ने फुर्सद छैन, अहिलेको विश्वग्राम समाज वा ग्लोबल भिलेजमा। एउटा मोवाइल वा प्रविधिमा केन्द्रिकित भएको विश्वलाई लामा कुरा गरेर फाइदा छैन्। जसरी केजरीवालले १० बुँदामा अहिले पन्जावको चुनाव लडे त्यही आधारमा हामी अघि बढ्नुपर्छ।

टिकट वितरण लगायत विषयमा विगतदेखि नै नेपाली कांग्रेसभित्र विववाद हुँदै आएको छ। यसपटक मापदण्ड कार्यान्वयन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

मलाई धेरै कुरा थाहा छैन। यो शेरबहादुरजीले दिने जवाफ हो। उहाँका नजिकका मान्छेले दिने कुरा हो। टिकट वितरण गर्दा बिक्री नहोस्। भारतमा केजरीवालले टिकट वितरण गर्दा कसैको टिकट बिक्री भयो भने म पार्टीबाट निकालदिन्छु भन्ने गरेका छन्। यदि पार्टी सभापतिले यत्ति मात्र भन्न सक्नुभयो भने धेरै राम्रो हुन्छ। क्षमताको आधारमा टिकट वितरण गर्नुपर्छ। यो विषय सभापतिले उठाउनुभयो भने त्यसले राम्रो गर्छ। यो नियम सबै पार्टीमा लागु हुन्छ।

कांग्रेस कार्यकर्तालाई अन्य पार्टीमा भोट हाल्न लगाउँदा पार्टीको नीति, सिद्धान्त र एजेण्डाभन्दा फरक सत्ताको राजनीति गरेको आरोप छ। के भन्नु हुन्छ ?

सबै भन्दा पहिले हामीले माओवादीसँग गठबन्धन गर्यौ। चितवनलगायत विभिन्न स्थानीय तहमा गठबन्धन भयो। हामीलाई त्यहाँ संकट पर्यो। हामीले त्यो अवस्थाको कलंक बिर्सिसकेका छैनौं। एकैचोटी प्रचण्डको सम्झौता नेकपा एमालेसँग भयो। त्यो सम्झौताले नेकपा एमालेसँग झन्डै दुई तिहाईको बहुमत आयो। त्यसपछि फेरि विखण्डन भयो। त्यसकारण हामीले नेपालमा छुट्टाछुट्टै तरिकाले जानै पर्थ्यो। विभिन्न राजनीतिक पार्टीका आफ्नाउद्देश्य छन्। आफ्नै पहिचान छन्। आफ्नै लक्ष्य छन्। हामी छुट्टाछुट्टै जानुपर्थ्यो।

कहिले यता ढल्किने, कहिले उता ढल्किने गरेर नेपालका राजनीतिक पार्टीले आफ्नो पहिचान गुमाइसक्यौं।

यसो हुँदा एकले अर्कालाई आलोचना गर्न सकिन्थ्यो। तर, त्यो बाटो नै हामीले छोडिदियौं। अजल बिहारी बाजपेयी दुई सिट पाउँदा पनि अन्त लागेनन्। आफ्नो दृष्टिकोणमा अडिग भएर लागे। तर, हामी सत्ता केन्द्रित भयौ विचार केन्द्रित भएनौं। नेपालका राजनीतिक पार्टी लक्ष्य र दृष्टिकोणबाट रिमिक्स भइसके आफ्नो वास्तविक पहिचान गुमाइसक्यौं। नेपालका पार्टीहरू कहिले यता ढल्किने, कहिले उता उता ढल्किने भए। यसरी राजनीति चल्दैन।

केही दिनअघि डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो, सभापति देउवासँग पार्टीमा भागबण्डा खोज्ने भन्ने निर्णय भएको हो ?

होइन, हामी यस्ता बैठक बसिरहन्छौं। हामीले पार्टीलाई सही ठाउँमा सही तरिकाले चलाउन सुझाव दिन्छौं। कडा अलोचनात्मक होइन्, सुझाव राख्न यस्ता बैठक हुन्छन्।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ४० बजे

इजराइल आक्रमणपछि इरानले गर्‍यो आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्इ– रानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव

आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै

म्याग्दी– रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा