‘बबाल’ मा वरुण र जाह्न्वी « Khabarhub

‘बबाल’ मा वरुण र जाह्न्वी


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – नेशनल अवार्ड विनर निर्देशक नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘बबाल’ मा वरुण धावन र जाह्न्वी कपूरको अभिनय रहने भएको छ ।

निर्माण पक्षले टाइटल रिभिल गर्दै स्टारकास्ट बारे पनि जानकारी दिएको छ । दंगाल र छिछोरे जस्तो बलियो फिल्म बनाएका नीतेशले यसपटक पनि सोसल ड्रामालाई नै दर्शक समक्ष पेश गर्नेछन् । पछिल्लो दुई फिल्मबाट नीतेशले दर्शकको मन जितिसकेका छन् । ‘दर्शकको विश्वास बढ्दा हाम्रो काम अझै बलियो हुनुपर्छ’ नीतेशले भारतीय मिडियासँग कुराकानी गर्दै भनेका छन् ।

नीतेशसँग काम गर्न पाउँदा वरुण निकै उत्साहित छन् । अक्टोबर , बद्लापुर जस्ता अभिनय देखाउन सकिने फिल्म गरेका वरुण नीतेशसँग फिल्म गर्न चाहन्थे । ‘मलाइ नीतेश सरको काम निकै मन पर्छ । उहाँलाई हामीले गर्न सक्ने काम थाहा छ । अनि उहाँले दंगाल र छिछोरे जस्ता फिल्म बनाएर आफ्नो निर्देशकीय क्षमतालाई समेत प्रस्ट्याई सक्नु भएको छ’ वरुणले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।

यसैगरी टाइटल रिभिल भएपछि वरुणले शेयर गरेको पोष्टमा प्रतिक्रियाहरु आइरहेका छन् । वरुण र जाह्न्वीको जोडीलाई लिएर दर्शकले विभिन्न किसिमका कम्नेटहरु गरिरहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : २२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती