त्रिकोणात्मक सिरिज – टस जितेर पीएनजी फिल्डिङ गर्दै « Khabarhub

त्रिकोणात्मक सिरिज – टस जितेर पीएनजी फिल्डिङ गर्दै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाविरुद्ध जारी खेलमा पीएनजी पहिलो जितको खोजीमा हुनेछ । यसअघि सिरिजमा नेपालविरुद्ध दुई एवम् मलेसियाविरुद्ध एक खेलमा पराजित पीएनजी अंकविहीन रहँदै अंकतालिकाको पुछारमा छ ।

मलेसिया भने एक जितका साथ २ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा छ । मलेसियाले यसअघि पीएनजीलाई पराजित गरेको थियो भने नेपालसँग पराजित भएको थियो ।

घरेलु टोली नेपाल भने तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ४५ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको