प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ तीनदिने औपचारिक भ्रमणको कार्यतालिका (भिडियो) « Khabarhub

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ तीनदिने औपचारिक भ्रमणको कार्यतालिका (भिडियो)


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गरेका छन्।

देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।

यस्तो छ उनको तीन दिने भ्रमण तालिका :

देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार भारतीय समय अनुसार दिउँसो २ : ५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। त्यस्तै अपराह्न ४ : ३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

शनिबार बिहान ११ः१० बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ। दुई प्रधानमनत्रीबीचको भेट हैदरावाद हाउसमा तय भएको छ।

शनिबार बिहान १० : ४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ भने प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११ : १० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा मध्याह्न १२ : १५ बजे नेपाल–भारतको द्विपक्षीय बैठक बस्ने र दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै अपराह्न १६ : ३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने छन् भने अपराह्न ४ : ०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने छन्।

उनी अपराह्न ४ : १५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ३३ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा