रुसी फौज पुनर्ताजगी र पुनवर्गीकरणको अवस्थामा रहेको नेटो महासचिवको भनाइ « Khabarhub

रुसी फौज पुनर्ताजगी र पुनवर्गीकरणको अवस्थामा रहेको नेटो महासचिवको भनाइ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण गर्न पुनर्ताजगी र पुनवर्गीकरण गरिरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको महासचिवले जनाएका छन् । युक्रेनमा आक्रमणलाई निरन्तरता दिन रुसी फौज पुनर्ताजगी एवम् पुनवर्गीकरणमा लागेको उनको भनाइ छ ।

‘हाम्रो गोप्य जानकारीअनुसार रुसी फौज पछि हटिरहेका छैनन्, बरु पुनतयारी गरिरहेका छन् ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ, ‘साथै रुसले किभ र अरु शहरमा पनि दबाब कायमै राखेको छ । त्यसैले हामी नयाँ आक्रमणका साथै यसबाट उत्पन्न हुने थप पीडाको अपेक्षामा छौं ।’

यसअघि रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले रुसी फौजले युक्रेनको राजधानी किभ र चेर्निभ क्षेत्रमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए । तर, स्टोल्टेनबर्गले भने रुसको सैनिक उद्देश्य भने परिवर्तन भएको बताए ।

‘हामीले शहरहरूमा निरन्तर गोलाबारी देखिरहेका छौं र रुसले आफ्ना केही सैनिकलाई यताउति सारेर पुनस्थिती गरिरहेको छ, डोनबास क्षेत्रमा थप प्रयास गर्नका लागि हुनसक्छ ।’ उनले भने ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ३६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु