‘के घर के डेरा’ निर्देशनको जिम्मा दीपेन्द्रलाई « Khabarhub

‘के घर के डेरा’ निर्देशनको जिम्मा दीपेन्द्रलाई


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की ।

अझ यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन । सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो ।

फिल्मका टिमले गर्दा यो फिल्मबाट आशावादी हुने धेरै ठाउँ थिए । फिल्ममा दया र विपिनसँगै वर्षा राउत पनि रहने भएपछि राम्रै चर्चा भयो । यद्दपी फिल्म अब बन्न अन्यौलता छ । कोरोना भाइरसको महामारीका कारण छायांकनमा ढिलाई भएको फिल्मका निर्देशक सुव्रत आचार्यले हात झिकिसकेका छन् ।

निर्देशक सुव्रतले केहि साता अगाडी मात्र चलचित्र विकास बोर्डमा आफू फिल्मसँग नरहेको लिखित रुपमै जानकारी गराइसकेका छन् ।

यसका साथै निर्माता सिंगे लामाले पनि फिल्म छाडेको चर्चा चलेको छ । यद्दपि फिल्मलाई अब दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । दीपेन्द्र निर्माता रहेको फिल्म परस्त्रीको छायांकन सकिएपछि उनि ‘के घर के डेरा’मा जोडीने फिल्मका एक सदस्यले बताए ।

केहि समय अगाडी मात्र दीपेन्द्रले निर्देशन गर्छन भन्ने सुनेको छु ती सदस्यले भने , फिल्ममा को को कलाकार रहने भन्ने टुङ्गो अब केहि दिनमा नै लाग्नेछ । फिल्मको निर्माण अवधि लम्बिएकोले पनि यसको कथासँगै कलाकारमा समेत परिवर्तन आउन सक्ने छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : १९ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती