इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरू पर्यावरणका लागि खतरा बन्दै « Khabarhub

इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरू पर्यावरणका लागि खतरा बन्दै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरु त्यहाँको वातावरणका लागि खतरा बन्न पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।

हङकङ पोष्टले सार्वजनिक गरेको रिपोर्टमा इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरूले त्यहाँका वनस्पति र जीवजन्तु मात्रै नभई स्थानीय आदिवासीहरुलाई पनि खतरामा पारेको जनाइएको छ ।

चिनियाँ कम्पनीले इण्डोनेशियामा प्राकृतिक श्रोतको जथाभावी दोहन गरेका कारण त्यहाँको पर्यावरणीय सन्तुलनमा असर पुगेको उक्त रिपोर्टमा उल्लेख छ ।

चीनको महत्वकाङ्क्षी बेल्ट एण्ड रोड परियोजना अन्तर्गत १ अर्ब ६० करोड डलर लागतमा निर्माण थालिएको बाताङ तोरु जलविद्युतले इण्डोनेशियाको सुमात्रा टापुमा पाइने लोपोन्मुख ओराङउटानको बासस्थान जोखिममा पारेको छ ।

पर्यावरणीय जोखिम रहेको भन्दै यस परियोजनामा लगानी गर्न एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्थानले अस्वीकार गरेका थिए । पछि यो परियोजनामा चीनको बैंक अफ चाइनाले लगानी गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ४६ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८