इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरू पर्यावरणका लागि खतरा बन्दै « Khabarhub

इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरू पर्यावरणका लागि खतरा बन्दै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरु त्यहाँको वातावरणका लागि खतरा बन्न पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।

हङकङ पोष्टले सार्वजनिक गरेको रिपोर्टमा इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरूले त्यहाँका वनस्पति र जीवजन्तु मात्रै नभई स्थानीय आदिवासीहरुलाई पनि खतरामा पारेको जनाइएको छ ।

चिनियाँ कम्पनीले इण्डोनेशियामा प्राकृतिक श्रोतको जथाभावी दोहन गरेका कारण त्यहाँको पर्यावरणीय सन्तुलनमा असर पुगेको उक्त रिपोर्टमा उल्लेख छ ।

चीनको महत्वकाङ्क्षी बेल्ट एण्ड रोड परियोजना अन्तर्गत १ अर्ब ६० करोड डलर लागतमा निर्माण थालिएको बाताङ तोरु जलविद्युतले इण्डोनेशियाको सुमात्रा टापुमा पाइने लोपोन्मुख ओराङउटानको बासस्थान जोखिममा पारेको छ ।

पर्यावरणीय जोखिम रहेको भन्दै यस परियोजनामा लगानी गर्न एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्थानले अस्वीकार गरेका थिए । पछि यो परियोजनामा चीनको बैंक अफ चाइनाले लगानी गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ४६ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण