उम्मेदवार मतदाताका घरदैलोमा « Khabarhub

उम्मेदवार मतदाताका घरदैलोमा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिका सहित अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

कांग्रेसले पहिलो चुनावीसभा व्यास–१३ बेलवासमा गरेको छ । व्यासमा कांग्रेसका तर्फबाट प्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैले उम्मेदवारी दिएका छन् । व्यासलाई उपमहानगरपालिका बनाउन संरचना निर्माणतर्फ मुख्य ध्यान रहने प्रमुखका उम्मेदवार न्यौपानेले बताए।

एमालेबाट व्यास नगरको प्रमुख उम्मेदवार दीपकराज जोशी र उपप्रमुख उम्मेदवार बसुन्धरा घर्ती उम्मेदवारको घरमा पुगी मत माग्न व्यस्त छन् । व्यासलाई सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाउने योजनासहित चुनावी मैदानमा होमिएको प्रमुखका उम्मेदवार जोशीले बताए ।

यसैगरी सत्ता गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र उपप्रमुखका उम्मेदवार राजु विक मतदाताको घरमा पुग्न थालेका छन् । शुक्लागण्डकीमा कांग्रेसबाट प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुखमा गठबन्धन भएको छ । शुक्लागण्डकी नगरपालिकालाई समृद्ध बनाउने योजनासहित आफूहरु चुनावी मैदानमा उत्रिएको नगरप्रमुखका उम्मेदवार पण्डितले बताए ।

नेकपा (एकीकृत समाजवादी)ले पनि घरदैलो अभियान सुरु गरेको छ । भानु नगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवार श्रीराम पौडेल मतदाताको घरदैलोमा पुगेर मत माग्न थालेका छन् । उनले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने जनाउँदै नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडाः एक सीप केन्द्र सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ११ : १५ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।