मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै | Khabarhub Khabarhub

मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो ।

चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।

२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २५ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ। नासों गाउँपालिकामा ६७ जनाको उमेदवारी परेको छ भने ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको एकल उम्मेदवारी परेको छ । निर्विरोध लामा यसअघि वडा नं. २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उनले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामा र स्वतन्त्र उम्मेदार कृष्ण लामाले पनि उम्मेदवारी दिएका छन् । ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ५९ बजे

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज