मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै « Khabarhub

मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो ।

चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।

२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २५ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ। नासों गाउँपालिकामा ६७ जनाको उमेदवारी परेको छ भने ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको एकल उम्मेदवारी परेको छ । निर्विरोध लामा यसअघि वडा नं. २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उनले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामा र स्वतन्त्र उम्मेदार कृष्ण लामाले पनि उम्मेदवारी दिएका छन् । ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ५९ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट