हामीले उत्पादन गर्ने भनेको बिजनेस स्नातक हो । शिक्षक भएको नाताले हामीले एकातिर शिक्षा दिने, अर्कोतिर सचेत गराउने र संवेदनशील बनाउने हो । एउटा हामीले व्यापार स्नातकलाई पढाइरहेका छौँ । व्यापार नैतिकता भनेर हाम्रो पाठ्यक्रममा नै उल्लेख छ । यो कोर्स प्रयोगमा आइसकेको छैन । तर कोर्समा उल्लेख भने भइसक्यो ।
अर्कोतिर हामीले बिजनेस पढाइ राख्दा विद्यार्थीलाई सिकाउने भनेकै बिजनेसबाट फाइदा कमाउने नै भन्छौँ । तर फाइदा कमाउने नै भए नैतिक लाभ कमाउनु पर्छ । नाफा कमाऊ तर नैतिक हिसाबले कमाऊ भनेर हामीले विद्यार्थी सिकाउँछौँ । तर यो कुराको सिकाइ र गराइको तादम्य नमिलेको जस्तो देखिन्छ ।
मैले यँहाको स्थानीय उद्यमी, व्यापारीहरूको अभ्यासको अनुसन्धान गर्दा प्रविधियुक्त र उद्यमशीलता भनेर उद्यमीहरूसँग कुरा गर्दा उहाँहरूको मुख्य मुद्दा पनि यही क्षेत्रमा केन्द्रित थियो । अन्तराष्ट्रिय ब्रान्च भन्दा पनि स्थानीय ब्रान्च कै कुरा थियो । मैले देखेको समस्या बुँदागत रुपमा भन्नुपर्दा नेपाली सन्दर्भमा होम ग्रोन अनुसन्धान गर्ने हाम्रो परम्परा नहुनु हो ।
विश्वविद्यालय स्तरमा, उच्च शिक्षा स्तरमा अनुसन्धानलाई एकदमै जोड दिएको हुुन्छ । हाम्रो विश्वविद्यालयहरूमा सीमा प्रतिबन्ध किन हुुन्छ भने यसले जहाँ अनुसन्धान गर्छ त्यहाँ उद्योगको समर्थन चाहिन्छ । ठूलो मात्रमा राज्यको समर्थन चाहिन्छ । अनुसन्धान गर्ने इच्छा हुँदा पनि सहयोगको खाँचो पर्छ । यसकारण यी तीन चिज नमिलेसम्म होम ग्रोन, स्थानीय स्रोत र ज्ञान आउँदैन ।
यसकारण अनुसन्धानबाट आएको निष्कर्षलाई केस स्टडीको रुपमा विकास गर्न सक्छौँ । त्यसलाई हामी सेयर गर्न सक्छौँ । किन हामी सधैँ विद्यार्थीलाई विदेशी ‘केस’ को बारेमा सिकाइरहेका छौँ । यो नै हाम्रो मामला हो ।
मानौं, हाम्रो विद्यार्थीले भोलिको दिनमा नेपाली प्रभावको मामला पढ्न पायो भने तिनीहरू धेरै सचेत हुन्छन् । भोलिको दिनमा हामीले गर्नुपर्ने अर्को भूमिका भनेको उद्योगहरूलाई बोलाएर निरन्तर अन्तरक्रियामा उहाँहरूको समस्या, चुनौतीहरूलाई व्यक्त गर्ने मौका दिने जिम्मेवारी हो । यो हामी गर्छौ पनि ।
यो भएपछि विद्यार्थीहरू धेरै मात्रामा सचेत हुन्छन् । भविष्यमा व्यवसाय गरेर नेतृत्व गर्ने नै विद्यार्थी हो । मलाई लाग्छ यो एउटा भूमिका रहन्छ । अनुसन्धान गर्ने कुरामा शैक्षिक संस्थाको मात्र जिम्मेवारी हो नभनी फमएन सीसीआई, च्याम्बरलगायत संगठनहरूसँग समन्वय गरेर ध्यानाकर्षण गराउनुपर्छ । किनभने यसले हामी सबैलाई प्रभाव पारिरहेको छ ।
व्यवस्थापन संकाय अथवा विश्वविद्यालयहरूमा हामीले एकदमै जोड दिनुपर्ने कुरा भनेको सिर्जनात्मकता, नवीनता, अनुसन्धान विकास, उत्पादन विकास हो भनेर पढाइ राख्छौँ । तर सिद्धान्तमा मात्र सीमित भइ व्यवहारमा प्रयोग भएको पाइँदैन ।
यही कुरालाई प्रयोगात्मक रुपमा अनुसन्धान गर्न विद्यार्थीलाई पठायो भने उनीहरूले देख्न र सिक्न पाउँछ । जसले गर्दा अनुसन्धान र नवीनता यो मात्र हो भनी सैद्धान्तिक रुपमा नबुझिकन यसलाई कसरी अभ्यासमा ल्याउने भनी देख्छन्, बुझ्छन् र गर्न पाउँछन् । त्यसपछि सम्पूर्ण प्रयोगमा आउँछन् ।
हाम्रो भूमिका बिजनेशमा स्नातक गरेकालाई उद्योगहरूमा पठाउने हो । हामी विद्यार्थीलाई उद्योगमा पठाएर अनि कोर्षमा नैतिकता पढाएर र यसलाई भर्ने काम मात्र नगरी विश्वविद्यालयमा रहने बेला नै अभ्यास गर्न लगाउँछौँ । स्नातक अध्ययन पश्चात हामीले केही कुराहरू अभ्यास पनि गराउँछौ ।
अहिले साहित्यिक चोरीको कुरा विश्वभर आइरहेको छ । शैक्षिक रिपोर्टमा साहित्यिक चोरी एउटा ठूलो मुद्दा हुन सक्छ भन्ने कुरा पनि हामी सिकाउँछौँ । यो भनेको एक स्तरमा शैक्षिक काम गर्दा नैतिकता कति महत्वपूर्ण छ भन्ने सिकाएको हो । यसलाई लामो समयसम्म अभ्यास गर्दै गयो भने कार्यस्थलमा पनि यसको राम्रो बानीको विकास हुन्छ भन्ने हिसाबले पनि गइरहेका छौँ ।
(खबरहबद्धारा आयोजित ‘नेपालमा व्यापार व्यवसाय र शैक्षिक सिकाइ’ को बारे अन्तरक्रिया कार्यक्रममा रोजी लामिछानेले राखेको विचारको सम्पादित अंशः प्रस्तुुतिः पासाङ लामा ह्योल्मो)
प्रतिक्रिया