माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध « Khabarhub

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ । 

गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरूपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

उनीद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएकाले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको जनाउँदै आउँदो तिहारदेखि कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अनुरोध गरिएको हो । 

“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”, थिङले भने।

 पुर्खाले सदियौँदेखि दीपावलीमा कमेरो र रातो माटोले घरआँगन लिप्ने परम्परा जोगाउँदै आएकाले यस वर्षदेखि हरेकका घरमा उक्त परम्परा जोगाउने अभियान नै थालिएको गाउँपालिकाले जनाएको छ । यसबाट नागरिकका घर शृङ्गारिकता देखिने तथा पर्यटन प्रवर्द्धन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको हो । 

अभियानका लागि गाउँपालिकाको सबै नागरिक, टोल समिति तथा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : १३ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ