एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ « Khabarhub

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा नेतृत्व हस्तान्तरण गरेर जाने प्रस्ताव राखेका छन्। 

 तीन दिनदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले परिस्थिति जटिल भएकाले अहिलेको अवस्थामा नेतृत्व हस्तान्तरण गरेर जानु उचित रहेको बताए। गैरेले परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्न समेत आग्रह गरे।

‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ , कम्युनिष्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ । हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ , हामीसँग ठोस निर्णय थिएन ।’ उनले भने, ‘बाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो, र बाम-लोकतान्त्रिक सरकार पनि ढल्यो , यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा बुझ्न हुन्न , म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔं भन्ने अनुरोध गर्दछु ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : ५८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार