‘व्यापारबाट फाइदा कमाउने नै भए नैतिक लाभ कमाउनुपर्छ’ « Khabarhub

‘व्यापारबाट फाइदा कमाउने नै भए नैतिक लाभ कमाउनुपर्छ’



हामीले उत्पादन गर्ने भनेको बिजनेस स्नातक हो । शिक्षक भएको नाताले हामीले एकातिर शिक्षा दिने, अर्कोतिर सचेत गराउने र संवेदनशील बनाउने हो । एउटा हामीले व्यापार स्नातकलाई पढाइरहेका छौँ । व्यापार नैतिकता भनेर हाम्रो पाठ्यक्रममा नै उल्लेख छ । यो कोर्स प्रयोगमा आइसकेको छैन । तर कोर्समा उल्लेख भने भइसक्यो ।

अर्कोतिर हामीले बिजनेस पढाइ राख्दा विद्यार्थीलाई सिकाउने भनेकै बिजनेसबाट फाइदा कमाउने नै भन्छौँ । तर फाइदा कमाउने नै भए नैतिक लाभ कमाउनु पर्छ । नाफा कमाऊ तर नैतिक हिसाबले कमाऊ भनेर हामीले विद्यार्थी सिकाउँछौँ । तर यो कुराको सिकाइ र गराइको तादम्य नमिलेको जस्तो देखिन्छ ।

मैले यँहाको स्थानीय उद्यमी, व्यापारीहरूको अभ्यासको अनुसन्धान गर्दा प्रविधियुक्त र उद्यमशीलता भनेर उद्यमीहरूसँग कुरा गर्दा उहाँहरूको मुख्य मुद्दा पनि यही क्षेत्रमा केन्द्रित थियो । अन्तराष्ट्रिय ब्रान्च भन्दा पनि स्थानीय ब्रान्च कै कुरा थियो । मैले देखेको समस्या बुँदागत रुपमा भन्नुपर्दा नेपाली सन्दर्भमा होम ग्रोन अनुसन्धान गर्ने हाम्रो परम्परा नहुनु हो ।

विश्वविद्यालय स्तरमा, उच्च शिक्षा स्तरमा अनुसन्धानलाई एकदमै जोड दिएको हुुन्छ । हाम्रो विश्वविद्यालयहरूमा सीमा प्रतिबन्ध किन हुुन्छ भने यसले जहाँ अनुसन्धान गर्छ त्यहाँ उद्योगको समर्थन चाहिन्छ । ठूलो मात्रमा राज्यको समर्थन चाहिन्छ । अनुसन्धान गर्ने इच्छा हुँदा पनि सहयोगको खाँचो पर्छ । यसकारण यी तीन चिज नमिलेसम्म होम ग्रोन, स्थानीय स्रोत र ज्ञान आउँदैन ।

यसकारण अनुसन्धानबाट आएको निष्कर्षलाई केस स्टडीको रुपमा विकास गर्न सक्छौँ । त्यसलाई हामी सेयर गर्न सक्छौँ । किन हामी सधैँ विद्यार्थीलाई विदेशी ‘केस’ को बारेमा सिकाइरहेका छौँ । यो नै हाम्रो मामला हो ।

मानौं, हाम्रो विद्यार्थीले भोलिको दिनमा नेपाली प्रभावको मामला पढ्न पायो भने तिनीहरू धेरै सचेत हुन्छन् । भोलिको दिनमा हामीले गर्नुपर्ने अर्को भूमिका भनेको उद्योगहरूलाई बोलाएर निरन्तर अन्तरक्रियामा उहाँहरूको समस्या, चुनौतीहरूलाई व्यक्त गर्ने मौका दिने जिम्मेवारी हो । यो हामी गर्छौ पनि ।

यो भएपछि विद्यार्थीहरू धेरै मात्रामा सचेत हुन्छन् । भविष्यमा व्यवसाय गरेर नेतृत्व गर्ने नै विद्यार्थी हो । मलाई लाग्छ यो एउटा भूमिका रहन्छ । अनुसन्धान गर्ने कुरामा शैक्षिक संस्थाको मात्र जिम्मेवारी हो नभनी फमएन सीसीआई, च्याम्बरलगायत संगठनहरूसँग समन्वय गरेर ध्यानाकर्षण गराउनुपर्छ । किनभने यसले हामी सबैलाई प्रभाव पारिरहेको छ ।

व्यवस्थापन संकाय अथवा विश्वविद्यालयहरूमा हामीले एकदमै जोड दिनुपर्ने कुरा भनेको सिर्जनात्मकता, नवीनता, अनुसन्धान विकास, उत्पादन विकास हो भनेर पढाइ राख्छौँ । तर सिद्धान्तमा मात्र सीमित भइ व्यवहारमा प्रयोग भएको पाइँदैन ।

यही कुरालाई प्रयोगात्मक रुपमा अनुसन्धान गर्न विद्यार्थीलाई पठायो भने उनीहरूले देख्न र सिक्न पाउँछ । जसले गर्दा अनुसन्धान र नवीनता यो मात्र हो भनी सैद्धान्तिक रुपमा नबुझिकन यसलाई कसरी अभ्यासमा ल्याउने भनी देख्छन्, बुझ्छन् र गर्न पाउँछन् । त्यसपछि सम्पूर्ण प्रयोगमा आउँछन् ।

हाम्रो भूमिका बिजनेशमा स्नातक गरेकालाई उद्योगहरूमा पठाउने हो । हामी विद्यार्थीलाई उद्योगमा पठाएर अनि कोर्षमा नैतिकता पढाएर र यसलाई भर्ने काम मात्र नगरी विश्वविद्यालयमा रहने बेला नै अभ्यास गर्न लगाउँछौँ । स्नातक अध्ययन पश्चात हामीले केही कुराहरू अभ्यास पनि गराउँछौ ।

अहिले साहित्यिक चोरीको कुरा विश्वभर आइरहेको छ । शैक्षिक रिपोर्टमा साहित्यिक चोरी एउटा ठूलो मुद्दा हुन सक्छ भन्ने कुरा पनि हामी सिकाउँछौँ । यो भनेको एक स्तरमा शैक्षिक काम गर्दा नैतिकता कति महत्वपूर्ण छ भन्ने सिकाएको हो । यसलाई लामो समयसम्म अभ्यास गर्दै गयो भने कार्यस्थलमा पनि यसको राम्रो बानीको विकास हुन्छ भन्ने हिसाबले पनि गइरहेका छौँ ।

(खबरहबद्धारा आयोजित ‘नेपालमा व्यापार व्यवसाय र शैक्षिक सिकाइ’ को बारे अन्तरक्रिया कार्यक्रममा रोजी लामिछानेले राखेको विचारको सम्पादित अंशः प्रस्तुुतिः पासाङ लामा ह्योल्मो)

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ४० बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो