‘प्रजातान्त्रिक आन्दोलनमा मजदुर वर्गका भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री राई « Khabarhub

‘प्रजातान्त्रिक आन्दोलनमा मजदुर वर्गका भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री राई


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनको इतिहासमा मजदुर वर्गको भूमिका र योगदान महत्वपूर्ण रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीवनोपयोगी र सार्थकरूपमा प्रयोग गर्न सकुन भन्ने बताए। मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आरम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनका रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइन्छ ।

विज्ञप्तिमा भनिएको छ ‘सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा मजदुरले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेपश्चात आज हामी १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका छौँ ।’

नेपालको प्रजातान्त्रिक सङ्घर्षको इतिहासमा मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । विसं २००७ मा प्रदेश नं १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको बिगुल फुकेका थिए । मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्यमन्त्री राईले विशेष स्मरण गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ५९ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि