धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा « Khabarhub

धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा दिउँसो पौने ४ बजे  दिल्ली क्यापिट्ल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।

दिल्ली पाँचौँ जितको खोजीमा छ भने लखनउ सातौँ जित निकाल्ने योजनामा छ । ८ खेलमा ४ मा जित निकालेको दिल्ली ८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । ९ खेलमा ६ मा जित निकोलेको लखनउ १२ अंकसहित तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा सनराईजर्स हैदराबाद र चेन्नाई सुपर किङ्ग्स राति पौने ८ बजे भिड्नेछन् । हैदराबाद छैटौँ जितको खोजीमा छ भने चेन्नाई तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।

चेन्नाईका कप्तान रविन्द्र जडेजाले महेन्द्रसिंह धोनीलाई सोमबार कप्तानको जिम्मेवारी हस्तान्तरण गरेका थिए । जडेजाले आफ्नो खेलमा ध्यान केन्द्रीत गर्न धोनीलाई प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई धोनीले स्वीकारे । धोनीको कमानीमा चेन्नाईले यो सिजनको आईपीएलमा पहिलो खेल खेल्दैछ ।

८ खेलमध्ये ५ मा जित निकालेको हैदराबाद १० अंकसहित तालिकाको चौथो स्थानमा छ । ८ खेलमध्ये २ मा जित निकालेको चेन्नाई ४ अंकसीहत ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : २१ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि