श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य : बागमती प्रदेश प्रमुख शर्मा  « Khabarhub

श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य : बागमती प्रदेश प्रमुख शर्मा 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । 

 

आइतबार मनाइदै गरिएको १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकहरूलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् । 

 ‘श्रमिकहरूको सीप र दक्षता अभिवृद्धि गर्न विभिन्न तालिमहरू सञ्चालन गर्दै क्षमता अनुसारको काम र काम अनुसारको दाम पाउने वातावरण निर्माण गरी श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरू निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।’ प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै भनेका छन् । 

प्रमुख शर्माले भने ,‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ का सन्दर्भमा सम्पूर्ण श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । साथै, श्रमअधिकार सुनिश्चितताको लागि आफ्नो जीवन बलिदान गर्ने सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ 


आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरन्जन भन्ने नाराका साथ उठाइएको सङ्घर्षबाट प्राप्त अधिकार उपयोग गर्ने दिनका रुपमा आजको दिनलाई श्रमिक दिवस भनेर  स्मरण गर्ने गरिएको शर्माले बताए । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिकवर्गको अतुलनीय भूमिका रहेको प्रष्ट पारेका छन् । नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन पश्चात् २०७२ सालमा बनाइएको संविधानले श्रमजीवीवर्गको हक–अधिकार सुनिश्चित गरेको प्रमुखको सन्देशमा भनिएको छ । 

प्रमुख शर्माले आजको दिनले विश्वभरिका श्रमजीवीहरूलाई अझ सशक्त ढंगले एकताको सूत्रमा बाँध्न सघाउ  पुर्‍याउँने आफूले विश्वास गरेको पनि उनको भनाइ थियो । उनीहरूले भोगीरहेका बेरोजगारी, गरिबी, उत्पीडन, श्रम शोषण जस्ता समस्याबाट श्रमजीवि मजदुरहरूको उत्थान गर्ने कार्यमा सम्बन्धित पक्षलाई प्रेरणा मिलोस् भन्ने कामना प्रमुख शर्माको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ३५ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि