चीनले युक्रेनको सुरक्षा प्रत्याभूती गर्नसक्ने युक्रेनी विदेशमन्त्रीको भनाइ « Khabarhub

चीनले युक्रेनको सुरक्षा प्रत्याभूती गर्नसक्ने युक्रेनी विदेशमन्त्रीको भनाइ


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् । 

चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा प्रत्याभूतसम्बन्धी बुडापेस्ट घोषणापत्रले युक्रेनको वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए ।

कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ ।

युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार अब सुरक्षा परिषद्का स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने सम्भावनाहरू खोजी भइरहेको छ र चीजलाई युक्रेनको सुरक्षा ग्यारेन्टरहरू मध्ये एक बन्न प्रस्ताव गरिएको छ ।

उनले चीनले युक्रेनमा युद्धविरामको पहल गर्न रुसलाई आह्वान गर्ने आशा राखेको समेत जानकारी दिए ।

रुसले  गत फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारवाही’ शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताउने गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका जनतालाई जोगाउने लक्ष्य रहेको बताएका थिए, ‘जो आठ वर्षदेखि किभको सत्ताद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।’

त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ५६ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा