अमिताभसँग शिवको ‘त्यो तस्विर’ « Khabarhub

अमिताभसँग शिवको ‘त्यो तस्विर’


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता शिव श्रेष्ठले शनिबार बिहानै मेमोरीमा रहेको एउटा फोटो सामाजिक सञ्जालमा सेयर गरे । 

उनले सेयर गरेको फोटोमा अमिताभ बच्चन भएकोले सजिलै धेरैको ध्यान खिचिएको छ । ५ वर्ष अगाडि पनि सेयर गरेको यो फोटोमा शिवले अमिताभसँगै अभिषेक बच्चनसँग पनि रहेको जनाएका छन् । ४१ वर्ष अघि खिचिएको फोटोको लोकेसन मलेखु हो । शिव पहिलो फिल्म ‘जीवनरेखा’ सुटिङ गर्ने क्रममा अमिताभसँग भेट भएको हो । 

अमिताभ  ‘महान’ फिल्मको सुटिङका लागि नेपाल आएको र यो फिल्मको पनि सुटिङ मलेखुमा हुँदा भेटघाट भएको शिवले जनाएका छन् । अमिताभ बच्चन मलेखुमा आएपछि त्यहाँ ठुलै चर्चा भएको थियो । 

शिवका अनुसार उनलाई अमिताभसम्म निर्देशक प्रकाश थापाले पुर्याएका थिए । ‘महान’ को सुटिङमा टेकको तयारी हुँदै गर्दा शिवले अमिताभलाई भेटेका हुन् । निर्देशक थापाले शिवलाई सिधै अमिताभ बच्चनकोमा लिएर गए । ‘प्रकाश दाइलाई देखेपछि अमिताभ बच्चनले त झुकेर खुट्टा छुन खोजे । प्रकाश दाइले रोक्नु भयो । प्रकाश दाइलाई अमिताभ बच्चनको त्यो स्तरको सम्मान देखेर हामी सबै चकित पर्‍यौँ,’ शिवले सम्झना गरे ।

त्यसपछि उनले अमिताभसँग फोटो खिचाएका हुन् । फोटो खिच्नुअघि अमिताले शिव श्रेष्ठलाई भने ‘तो आप भि हिरो अच्छा करना ।’ नर्भस शिव श्रेष्ठले टाउको मात्र हल्लाए ।

प्रकाशले अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ मा प्रकाश थापाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका रहेछन् । त्यही कारण उनले प्रकाशलाई सम्मान गरिरहेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : १८ बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त