कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब « Khabarhub

कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई दबाब दिएको छ । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनसमेत आह्वान गरेको छ । 

महासंघले पार्टीमा विवाद सिर्जना हुनुको कारण संसदीय व्यवस्था नमान्ने, निर्वाचनमा भाग नलिने र देशभक्त, बुद्धिजीवी, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी जाने निर्णयको कार्यान्वयन सन्दर्भमा उत्पन्न विवाद भनेको छ । 

विवादकै बीच कञ्चन र सुदर्शनलाई महासचिव विप्लवले गरेको कारबाहीलाई महासंघले ‘कथित कारबाही’ भन्दै टिप्पणी पनि गरेको छ । 

विज्ञप्तिमार्फत महासंघले संसदीय दलदलमा नफस्न, विवादित विषयलाई मिलाएर लान, कारबाही फिर्ता गरी बैठक, भेला आयोजना गर्दै समस्याको हल खोज्न पनि सुझाएको छ । 

महांसघ अध्यक्ष हरि श्रेष्ठ, उपाध्यक्षहरू कालीबहादुर शाही र कर्ण सेन, महासचिव सागर अर्याल, सचिवहरू सागर तामाङ, दावा हेम्बो र कोषाध्यक्ष दिनेश निरौलाको विज्ञप्तिमा हस्ताक्षर छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : २९ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना