‘हनी बनी’ बाट अलग भए अनमोल « Khabarhub

‘हनी बनी’ बाट अलग भए अनमोल


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ आदि फिल्म पनि सम्झौता पछि छाडेका अनमोल केसीले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘हनी बनी’ पनि छाडेका छन् । 

निर्देशक दिवाकर भट्टराईले अनमोल फिल्ममा नरहने खबर पुष्टि गरे । योसँगै फिल्मबाट मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएकी सारा सिरपाइली पनि फिल्ममा नरहने दिवाकर भट्टराई जानकारी गराए।

निर्देशक दिवाकर भट्टराईले सहमतिमै आफूहरू फरक बाटो लागेको जानकारी दिएका हुन् ।

दिवाकरका अनुसार अनमोल फिल्मको कार्यशालामा पनि केही दिन बसेका थिए । तर सुटिङ नजिकिँदै जाँदा उनले त्यो चरित्र निर्वाह गर्न सक्ने कुरामा शंका व्यक्त गर्न थालेपछि निर्माण टिम र अनमोलबीच फिल्म नगर्ने व्यवहारिक सहमति भएको हो । 

 दिवाकरले फिल्ममा अनमोललाई प्रतिस्थापन गर्ने कलाकार पनि लगभग फाइनल भएको र कागजी सम्झौतापछि सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ३६ बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै