मारिउपोलको औद्योगिक क्षेत्रमा फसेका २० जनाको उद्धार « Khabarhub

मारिउपोलको औद्योगिक क्षेत्रमा फसेका २० जनाको उद्धार


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झन्डै २० जनाको समूह रुसको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको बन्दरगाह शहर मारिउपोलस्थित एजोभस्तल स्टिल कारखानाबाट बाहिर निस्केको छ । रुसी सञ्चारमाध्यमले एजोभस्तल औद्योगिक क्षेत्रबाट २० जनालाई उद्धार गरिएको जनाएका हुन् ।

बीबीसीका अनुसार उद्धार गरिएकाहरुमध्ये अधिकांश महिला र बालबालिका छन् । एक साताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलमा रुसले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोलका अधिकांश क्षेत्रमा कब्जा जमाएपनि रुसी फौजले एजोभस्तल क्षेत्रलाई अझै कब्जा गर्न सकेका छैनन् । एजोभस्तल क्षेत्रमा अझै पनि हजारौँ युक्रेनी सैनिकले रुसी आक्रमणको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानाभित्र अझै फसेका एक हजार जनालाई मुक्त गर्ने बारेमा छलफल भइरहेको बताइएको छ ।

एक साताअघि रुसी सेनाले मारिउपोल कब्जा गरेको घोषणा गर्ने क्रममा राष्ट्रपति पुटिनले आफ्ना सैनिकहरूलाई ‘झिँगा पनि उम्किन नपाउनेगरी’ औद्योगिक क्षेत्रलाई बन्द गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ४७ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो