वर्षमानको प्रश्न : केपी ओली र निर्वाचन आयोगका प्रमुखको बोली कसरी मिल्यो? « Khabarhub

वर्षमानको प्रश्न : केपी ओली र निर्वाचन आयोगका प्रमुखको बोली कसरी मिल्यो?


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मे दिवसका अवसरमा पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने विषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् । उनले कुनै स्थानमा रातीसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको गुनासो गरे।

उनले देशभरका निर्वाचन कार्यालयहरू निष्पक्ष र व्यवसायीक रुपमा सञ्चालन हुनुपर्ने बताए। कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाए। थपलियाको मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै उनले आपत्ती जनाए।

 निर्वाचन आयोग रेफ्रीको भूमिकामा रहेको भन्दै पुनले रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न नहुने तर्क गरे। त्यस्तै उनले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने धारणा राखे । एमाले भने कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग तालमेल गरेको उनको भनाइ छ।

नेता पुनले अबको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गरे।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : २४ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा