उदयपुरमा कांग्रेसका ‘बागी’ लाई साधारण सदस्यसमेत नरहने गरी कारबाही | Khabarhub Khabarhub

उदयपुरमा कांग्रेसका ‘बागी’ लाई साधारण सदस्यसमेत नरहने गरी कारबाही


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको हो ।

पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखकाे पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ ।

कारबाहीमा पर्नेमा दुई प्रमुख र चार उपप्रमुखका प्रत्यासी छन् । ‘केन्द्रीय समितिको १६ वैशाखमा प्राप्त पत्र र जिल्ला पार्टीले गत १४ वैशाखमा जारी गरेको अनुरोध प्रेस विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने नेता कार्यकर्तालाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेर असहयोग गरेको भन्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४(१३) ग बमोजिम कारबाही गरिएको जनाइएको छ ।

पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार कारबाहीमा पर्नेहरूमा चौदण्डीगढी नगर प्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशीला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर रहेका छन् । गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा कांग्रेसका असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ११ बजे

दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा