‘धेरैले दाबी गरेजस्तो विद्रोह भएन, गठबन्धन सफल भयो’ : नेपाली कांग्रेस (भिडियो) « Khabarhub

‘धेरैले दाबी गरेजस्तो विद्रोह भएन, गठबन्धन सफल भयो’ : नेपाली कांग्रेस (भिडियो)


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँच दलीय गठबन्धन सफल भएको बताएका छन् ।

प्रचार विभाग प्रमुखसमेत रहेका महतले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताएका हुन् ।

उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उनले बताए । उनका अनुसार दुई सय ६५ जना उम्मेदवार मेयरमा, तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, एक सय ९४ जना उम्मेदवार उपमेयर र तीन सय ४० जना उपाध्यक्षमा उठेको महतले जानकारी दिए । देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन् । वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले जानकारी दिए ।

दलित महिला सदस्यमा पाँच हजार ६ सय ९१ र दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए ।

नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहित उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाएका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/536630347990363

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ३१ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन