छायाँनाथ रारा नगरपालिकामा आइतबार विद्यालय बन्द नहुने « Khabarhub

छायाँनाथ रारा नगरपालिकामा आइतबार विद्यालय बन्द नहुने


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।

मंगलवार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आइतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख विष्णु कुमार भामले बताए ।

नगर प्रमुख भामका अनुसार शनिवारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । ‘सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौँ ‘, नगर प्रमुख भामले भने ।

अझै पुगेनन् पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्‍याउन निर्देशन दिइएको छ  । जिल्लामा समयमै पुस्तक हातमा नपुग्दा पढाई बिथोलिएको छ ।  मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको गतिलो पहुँच छैन ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : ०३ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने