चौदण्डीगढी नगरपालिकामा एमालेको निर्विरोध कार्यपालिका गठन  « Khabarhub

चौदण्डीगढी नगरपालिकामा एमालेको निर्विरोध कार्यपालिका गठन 


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचनसमेत सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ ।

नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मंगलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको थियो ।

अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेश दाहालले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसंख्यक सदस्य पदमा उदयराज भुजेल, माधव सार्की र जयकुमार राई, महिला सदस्यमा स्मृति तोलाङ्गी ‘सुयल’, तिलावती राई, सुष्मा राई, जानकीदेवी चौधरी र शान्तीदेवी चौधरी रहेका छन् ।

उनीहरूलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

निर्वाचित भएका नगर कार्यपालिका सदस्यहरूलाई प्रमाणपत्रसमेत हस्तान्तरण गर्दै नगर प्रमुख कालुमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, वडा अध्यक्ष, सदस्य, एमालेका नेता, कार्यकताहरूको उपस्थिति रहेको थियो ।

निर्वाचित कार्यपालिका सदस्यहरूलाई शुभकामना दिँदै नगर प्रमुख लामाले सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरूले योजना छनोट सर्वदलीय छलफलमार्फत गर्न आग्रह गरे ।

चौदण्डीगढी नगरपालिकालाई समृद्ध बनाउने दायित्व जनप्रतिनिधिहरूको काँधमा आएकाले उक्त दायित्व पूरा गर्न सबै पक्षलाई समेट्नुपर्ने लामाले धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ३३ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का