साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’ « Khabarhub

साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’

पीडितहरुलाई नेपाल फर्काउँछौँ : म्यानपावर



दोहा – रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो।

त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुरुप लागेका १७ जनालाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएर बाहिरिएका तिवारीले पीडितहरूको कोठामा पुगेर धम्क्याए ।

दूतावासको छलफलमा १५-२० दिनमा स्वदेश फिर्ता गर्छु भनेका मेनेजर तिवारीले आफूहरू बस्ने कोठामा आएर  ‘काम गर्ने भए गर, म कम्पनी खोजेर काम लगाइदिन्छु होइन भने मैले नेपाल पठाउँदिन’ भनेको सुनसरीका महमद राम्जान मियाले गुनासो गरे । पीडितहरूले भने एक्जिट र हुरुब लागेकाहरुले काम गर्न नपाउने गरेको सुनाए ।

तिवारीले पटक-पटक आफूहरुलाई राम्रो काम लगाइदिन्छु भनेर झुक्क्याएको भन्दै उनीहरूले तत्काल घर फिर्ता नगरे सामूहिक आत्महत्या गर्ने चेतावनी दिएका छन् ।

अर्का पीडित दीपेश कुमार झाले तिवारीले न्याय माग्न साउदी लेवरकोट जान चुनौती दिएको बताए । काठमाडौँको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीमा रहेको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि कम्पनीमा काम गरिरहेका उनीहरुमध्य ७ जनालाई एक नेपाली गणेश कार्कीले अर्को ठाउँ काम गर्न लगेका थिए । अर्को ठाउँमा लिएका उनले काम नलगाई जेलमा हालेपछि पीडितहरूले काम बन्द गरेका थिए ।

कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि काम बन्द गरेका उनीहरुलाई कम्पनीले कामबाट निकालिदिएको हो । पीडितहरूले काम गरेको दुई महिना १० दिनको तलब समेत पाएका छैनन् । उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए ।

यसअघि टोकियो म्यानपावरका चेयरमेन सुरिन गौतमले खबरहबसँगको कुराकानीमा आफूहरूले वैदेशिक रोजगार विभागमार्फत नेपाली दूतावासलाई पत्र लेखी पठाएको र दूतावासले साउदी लेवरकोटसँग समन्वय गरेर उद्धार गर्ने बताएको जनाएका थिए ।

उनीहरुको उद्धार हुन्छ : मेनेजर तिवारी

पीडितहरूको समस्या समाधान गर्न भन्दै तीन वटै म्यानपावरको नेतृत्व गर्दै साउदी पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीले पीडित युवाहरुको समस्या समाधान गरेर मात्र नेपाल फर्कने बताएका छन् ।

‘उनीहरूले काम बन्द गरेपछि कम्पनीले निकाली दियो, त्यसपछि अलपत्र परे, उनीहरू अलपत्र परेपछि म आफै समस्या समाधान गर्न यहाँ आएको हुँ ,’ मेनेजर तिवारीले खबरहबसँग भनेका छन्,’ चार वटा राम्रो – राम्रो कम्पनी देखाए तर, उनीहरूले काम गर्न मानेनन् अब नेपाल लिएर फर्कन्छु ।’

कम्पनीसँग झगडा गरेर जेल परेका ७ जना नेपाली पनि एक हप्ता भित्र स्वदेश फर्काउने पहल भइरहेको उनले बताएका छन्।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ५० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,