खानाको लडाइँले मेगालोडन सार्कको लोप : अध्ययन « Khabarhub

खानाको लडाइँले मेगालोडन सार्कको लोप : अध्ययन


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्लिन – प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने सोधकर्ताहरूको भनाई छ ।

समुद्री तहको परिवर्तनलगायतका वातीवरणीय दबाबले पनि मेगालोडोनको लोपमा भूमिका खेलेको थियो । समुद्री सतहमा परिवर्तनका कारण वासस्थान गुमाउनेदेखि शिकारको कमी लोपका कारण भएको जनाइएको छ । धेरै वर्षअघि लोप भएको जनावरको खानेकुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय अन्वेषकहरूले जीवित र मरेका सार्कहरूको दाँतका जिंक आइसोटोपलाई एउटा माध्यमको रूपमा प्रयोग गरेका थिए ।

जीवित सार्कमा देखिएको रसायनिक संकेत र मेगालोडोनको दाँतको १३ जिवाश्मले यो सुझाव दिएको छ कि खानेकुराको सञ्जालमा ठूला ह्वाइट सार्क र मेगालोडोनको समान स्थान थियो र सम्भवत उनीहरुले ह्वेल, डल्फिनएउटै खानेकुराका लागि संघर्ष गरेका थिए । जलवायु परिवर्तन र अन्य वातावरणीय दबाबसँगै खानेकुराको संघर्षका कारण उनीहरुको लोप भएको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।

जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटीका प्राध्यापक थोमस टुटकेनले भने, ‘दुबै जीवित हुँदा आधुनिक ठूलो सेतो सार्क र मेगालोडोन बीच समुद्रमा जलीय खाद्य स्रोतहरूमा प्रतिस्पर्धा थियो ।’

नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धानमा टिप्पणी गर्दै स्वान्सी युनिभर्सिटीकी क्याटालिना पिमिएन्टोले मेगालोडोनको थप रहस्य सुल्झाउन थप अध्ययन गर्नुपर्ने बताइन् ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : ४५ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध