मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्रेको छ । चोरी भएको ४ थान मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।

दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका–४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको थियो ।

चोरी भएको खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका–६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र.१–०१–०१५ प ८६९० नम्बर, प्र.१–०१–०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ५० बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको