सुष्मा गुरुङ बनिन् प्रथम मिस तमुस्यो   « Khabarhub

सुष्मा गुरुङ बनिन् प्रथम मिस तमुस्यो  


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रथम मिस तमुस्यो लमजुङ २०२२ को उपाधि सुष्मा गुरुङले जितेकी छन् । दोर्दी गाउँपालिका-९ हिलेटक्सार घर भइ हाल बेसीसहर बस्दै आएकी गुरुङ बेसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल भएकी हुन् ।

वविता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेसीसहर र पाचोक नौथर तमु समाज काठमाडौंले आयोजना गरेको प्रतियोगिताका विजयीलाई २०१८ को अन्तर्राष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष वविता गुरुङ, मिसेस लमजुङ २०१७ का विजेता शोभा ठकुरी लगायतले ताज पहिरिएका थिए ।

प्रतियोगितामा फस्ट रनरअप गृष्णमा गुरुङ र सेकेण्ड रनरअप निरुता गुरुङ भएका छन् । उनीहरूलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

विजयी सुष्माले वेष्ट डिसिप्लिङको अवार्ड समेत जितेकी छन् । वेस्ट फिगर र वेस्ट फोटोजेनिकको अवार्ड विपना गुरुङ, वेस्ट वाकको अवार्ड ज्योति गुरुङ, वेस्ट पर्सनालिटीको अवार्ड इन्दु गुरुङ, वेस्ट स्माइल र मोष्ट ट्यालेन्टको अवार्ड सुमित्रा गुरुङले जितेकी छन् ।

यस्तै कार्यक्रममा आयोजक विजेता बनेकी माया गुरुङले वेस्ट हेयर, निरुता गुरुङले वेस्ट ल्याङ्ग्वेज, गृष्मा गुरुङले मस्ट पपुलरको उपाधि पाएका छन् ।

प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुशी गुरुङ र गीतकार आश गुरुङ रहेका थिए । यस्ता कार्यक्रमले गुरुङ संस्कार र सस्कृतिको संरक्षणमा टेवा पुग्ने गुरुङ अगुवाहरु बताउँछन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १२ : २० बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध