डिजेल र पेट्रोलमा पूर्वाधार कर घटाउने अर्थ मन्त्रालयको निर्णय « Khabarhub

डिजेल र पेट्रोलमा पूर्वाधार कर घटाउने अर्थ मन्त्रालयको निर्णय


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ ।

इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको १६३ रुपैयाँ छ ।

अर्थ मन्त्रालयले मंगलबार पूर्वाधार कर घटाएर उद्योग मन्त्रालयलाई पठाएको छ । जसअनुसारर अब मूल्य घट्नेछ 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा पूर्वाधार कर घटाउने बताएका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : २४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने