हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्रीको सनाखत भएको छैन ।

बसलाई नियन्त्रणमा लिएर अवश्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।