राप्रपाको कार्यसम्पादन समिति बैठक जारी « Khabarhub

राप्रपाको कार्यसम्पादन समिति बैठक जारी


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा जारी छ । 

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् ।  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने बैठकस्थलमा पुगेका छैनन् ।  पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले चन्द बैठकमा सहभागी हुने बताए । 

स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो । 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  २ : ५० बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न