बागमती प्रदेशलाई प्रविधियुक्त बनाउने मुख्यमन्त्री पाण्डेको घोषणा « Khabarhub

बागमती प्रदेशलाई प्रविधियुक्त बनाउने मुख्यमन्त्री पाण्डेको घोषणा

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ : मुख्यमन्त्री पाण्डे


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताएका छन् ।

हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए।

“अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ, त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ”, उनले भने ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताइन् । उनले प्रविधिको चाहनाबिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औंल्याए ।

 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ४ : ०३ बजे

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका