बागमती प्रदेशलाई प्रविधियुक्त बनाउने मुख्यमन्त्री पाण्डेको घोषणा « Khabarhub

बागमती प्रदेशलाई प्रविधियुक्त बनाउने मुख्यमन्त्री पाण्डेको घोषणा

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ : मुख्यमन्त्री पाण्डे


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताएका छन् ।

हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए।

“अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ, त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ”, उनले भने ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताइन् । उनले प्रविधिको चाहनाबिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औंल्याए ।

 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ४ : ०३ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण