अस्ट्रेलियामा पृथ्वीको सबैभन्दा ठूलो बिरुवा फेला « Khabarhub

अस्ट्रेलियामा पृथ्वीको सबैभन्दा ठूलो बिरुवा फेला


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । पश्चिम अस्ट्रेलिया विश्वविद्यालयका वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

 यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको रहेको बताइएको छ । यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ ।

आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन् । यो कम्तीमा  ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ । 

टोलीले पश्चिम अस्ट्रेलियाको पर्थ सहरबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए ।

अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए । त्यसपछि प्रत्येक नमूनाबाट फिंगरप्रिन्ट निकालिएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ४ : २६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।