आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै « Khabarhub

आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूईएफए नेसन्स लिग सिजन २०२२–२३ बुधबारबाट सुृरु हुँदै छ ।

यससँगै युरोपका हस्ती राष्ट्रहरु आगामी दुई हप्ता यसै लिगमा व्यस्त हुनेछन् । एसियाली मुलुक कतारमा नोभेम्बरमा फिफा विश्वकप हुनुअघि यस प्रतियोगिताले बाँकी समय पूर्ण गर्ने विश्वास गरिएको छ । प्रतियोगितामा इंग्ल्यान्ड र उत्तरी आयरल्यान्डले चार समूहका खेल खेलेका छन् ।
यस्तै वेल्सले विश्वकप प्लेअफसहित चार खेल खेलेको छ । प्रतियोगितामा सहभागी भएका स्कटल्यान्ड र युक्रेन विश्वकपको प्लेअफ सेमिफाइनलमा बुधबार नै प्रतिस्पर्धा गर्दैछन् । दुई वर्षमा आयोजना हुने नेसन्स कपको यो तेस्रो संस्करण हो । यसअघि पहिलो संस्करण सन् २०१९ मा पोर्चुगलले जितेको थियो ।

यस्तै, सन् २०२१ मा भएको फाइनल खेलमा स्पेनलाई हराउँदै फ्रान्सले दोस्रो संस्करणको उपाधि जितेको थियो । बुधबार सुरु हुने खेलमा पोल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार पौने १० बजे पोल्यान्डमा हुनेछ ।

दुई राष्ट्रको प्रतिस्पर्धामा अनुभवी अट्याकरद्वय रोवर्ट लेवान्डोस्की र गेराथ वेल सबैको नजरमा पर्न सक्छन् । पोल्यान्डका लेवान्डोस्की र वेल्सका वेल यसै सिजन व्यावसायिक फुटबल खेल्दै आएका क्रमश: वायर्न म्युनिख र रियल मड्रिड छाड्दैछन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ३७ बजे

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै