कुटपिट मुद्दामा फरार आरोपित पक्राउ « Khabarhub

कुटपिट मुद्दामा फरार आरोपित पक्राउ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कुटपिट मुद्दामा फरार रहेका एक जना प्रतिवादी बुधबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-१ का ४२ वर्षीय लालदेव यादव रहेका छन् । सोही ठाउँका दीपेन्द्र यादवले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते तथा तत्कालीन पुनरावेदन अदालत राजविराजले २०६४ साल असार ४ गते प्रतिवादी लालदेव यादवलाई ३ महिना कैद र ७ सय २५ रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो ।

फैसला सुनाएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गराउँदा उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ५५ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये